Mon10232017

Last update01:57:25 AM

Back You are here: Home समाचार सिप्रदियनको चेपाङ बालबालिकालाई सहयोग

समाचार

सिप्रदियनको चेपाङ बालबालिकालाई सहयोग

रत्ननगर २७ भदौ । बिन्देश्वरी निम्न माध्यमिक विद्यालयमा बसेर अध्ययन गर्ने २५ जना बालबालिकाको मासिक खर्चका लागि सिप्रदीयन सहायता संस्थाले ३७ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
सिप्रदी टे«डिङ प्रा.लि.मा कार्यरत कर्मचारीहरुको संस्था सिप्रदीयन सहायता संस्थाले आवासीय रुपमा स्नातक तह अध्ययन गर्दासम्म निरन्तर मासिक रुपमा सहयोग गर्ने जनाएको छ । कार्यक्रममा १४ दर्जन कपी तथा ४० वटा कमल पनि हस्तान्तरण गरिएको थियो ।
बिन्देश्वरी निम्न माध्यमिक विद्यालय र गामबेशीको खबरपत्रिकाको पहलमा विद्यालयको दुईवटा कोठामा सिद्धी गाविसका २५ जना बालबालिकालार्ई राखेर यसै शैक्षिक सत्रबाट पढाउन थालिएको थियो ।
भौगोलिक बिकटता  र आर्थिक अभावका कारण पठन पाठनबाट बञ्चित रहदै आएका बालबालिकालाई राखिएको बिन्देश्वरी गामबेशीको चेपाङ घरका बालबालिकालाई खुवाउन खाद्यान्न लगायतको संकट परेको समाचार सञ्चारमाध्यममा आएपछि सिप्रदीयन सहायता संस्था सहयोग गरेको हो ।


बुधबार विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संरक्षक एवम् सिप्रदी टे«डिङ ग्रुपका कार्यकारी प्रमुख शम्भुप्रसाद दाहालले संस्थाले अहिलेसम्म बारा, मकवानपुर र चितवनका गरी पचास जना बालबालिका लागि निःशुल्क शिक्षा उपलब्ध गराईरहेको जानकारी दिइएको थियो ।
कार्यक्रममा सहभागी चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थिङ लामा, बिन्देश्वरी गामबेशीको चेपाङ घरका अध्यक्ष केपी किरण शर्मा, विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनाललगायतले मन्तव्य राखेका थिए ।